Incident Reports

हत्या गरेको ३ जना पक्राउ

2020-11-25

Madhes, Rautahat, Garuda, Ward 7

रौतहटमा हत्या गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। 

गरुडा नगरपालिका-७ भिमडावरका फतिङगा ठाकुरको बुधबार बिहान हत्या भएको हो। 

उनीमाथि बुधबार बिहान सवा १० बजे ५० वर्षीय ध्यानी ठाकुर, ४५ वर्षीय नागेन्द्र ठाकुर र ५२ वर्षीय ज्ञानी ठाकुरले चिरानको काठले टाउकोमा हानेका थिए। 

काठको प्रहारबाट गम्भीर घाइते भएका फतिङगा ठाकुरको उपचारको लागि गरूडा सिटी अस्पताल लगिएको थियो।

उपचारको क्रममा उनको साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताए। 

प्रहरी निरीक्षक पाण्डेका अनुसार उनीहरूबीच फतिङगा ठाकुरको छोरा रामसहाय ठाकुरले ध्यानी ठाकुर लोहारको खेतको आली काटेको विषयमा झगडा भएको थियो। 

घटनापछि आरोपित तीनै जना फरार भएका थिए। ध्यानी ठाकुरलाई प्रहरीले पछि भिमडावरस्थित परालको भुसभित्र लुकेको अवस्थामा पक्राउ गरेको हो। 

अन्यको खोजी भइरहेको कार्यालयले जनाएको छ। शवको पोष्टमर्टमको लागि जिल्ला अस्पताल गौरमा पठाइएको छ। 

घटनाको थप अनुसन्धान भइरहेको छ।

Update

जग्गा सम्बन्धी विवादमा हत्या, फरार आरोपी पक्राउ

वीरगञ्ज– जग्गाको विषयमा विवाद हुँदा कुटपिट गरेर हत्या गरी फरार भएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–७ भिमडाबर बस्ने नागेन्द्र ठाकुर लोहार रहेका छन्।

गत मङ्सिर १० गते लोहारसहितका चार जनाले जमिनको विषयलाई लिएर सोही स्थानका ४५ वर्षका फतिङा ठाकुरलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो।

सोही समयदेखि फरार रहँदै आएका लोहारलाई इलाका प्रहरी कार्यालय गरुडाले बौधीमाई नगरपालिका ७ स्थित बंकुल बजारमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत रौतहटमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports