Incident Reports

बहुविवाहको मुद्दामा प्रहरीले प्रकृया अघि नबढाएको भन्दै पीडितको आपत्ति l

2014-06-02

Karnali, Salyan, Kalimati

Meena Budathoki सल्यान । ०७१ जेठ १६ गते बहुविवाहको मुद्दा दायर गरेको एक महिनासम्म पनि कारबाही प्रकृया अघि नबढाएको भन्दै पीडितले आपत्ति जनाएका छन् । लक्ष्मीपुर गाविस-२ का ३५ वर्षीय डम्बर भण्डारीले बहुविवाह गरेको भन्दै पत्नी ३७ वर्षीया धनी भण्डारीले वैशाख १५ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा मुद्दा दायर गरेकी थिइन् । उनका पति भण्डारीले वैशाख १ गते लक्ष्मीपुरकी २२ वर्षीया यामा वलीसँग बहुविवाह गरेका थिए । प्रहरीले मेलमिलापबाट मुद्दा टुङ्ग्याउन कारबाही प्रकृया अघि नबढाएको पीडितले आरोप लगाएकी हुन् । पीडित धनी भण्डारीले भनिन्- बहुविवाहका आरोपित यामा वली प्रहरी कार्यालयमा जाँदा समेत प्रहरीले पक्राउ गरेको छैन । हामीले पटक/पटक यसबारेमा जानकारी गराउँदा समेत प्रहरीले उल्टै तपाइले नै बहुविवाह गर्न उक्साउनुभयो भनेर गाली गरे । पीडितका दुई छोरा र एक छोरी छन् । आफूले मुद्दा फिर्ता लिन्छु भन्दा समेत प्रहरीले नदिएको उनले बताइन । रातमा घरमा सुत्न समेत आफू असुरक्षित रहेको उनले बताइन् । अधिवक्ता सिपि वलीले कुनै पनि अभियोग लागेको मान्छेलाई मुद्दा दायर भएपछि प्रहरीले पक्रनु पर्नेमा जिप्रका परिसरमा पुग्दा समेत वास्ता नगर्नु दुखद भएको बताए । यसैबीच प्रहरी नायव उपरीक्षक अरुणकुमार शाहले आईतबार सरकारी वकिलको कार्यालय मार्फत मुद्दा प्रकृया अघि बढाइने बताए । उनले पीडकहरू दुवै जनालाई बोलाएर कारबाही प्रकृया अघि बढाउन खोज्दा ढिला समय लागेको बताए । भण्डारीले दोस्रो विवाह गरेकी वली लक्ष्मीपुर गाविसमा एलजिसिडिपि कार्यक्रममा सामाजिक परिचालकको रुपमा कार्यरत छन् । मिना बुढाथोकी

0 Comments

Related Reports
Related Trend Analysis