Incident Reports

भाइलाई कापी किन्‍न जाँदा ढिला भएपछि शिक्षकले दिए चरम यातना

2020-11-26

Lumbini, Kapilbastu, Kapilbastu, Ward 11

कक्षाबाट बाहिर गएर ढिला आएपछि कपिलवस्तुमा एक शिक्षकले विद्यार्थी कुटेका छन्।

कपिलवस्तु नगरपालिका–११ मा रहेको कनकमुनी माध्यमिक विद्यालयमा कक्षा ३ मा पढ्ने बालक कुटिएका हुन्। शिक्षक चन्द्र प्रकाश उपाध्यायले ९ वर्षका श्याम विरही बरईलाई डेस्कमा टाउको ठोकाएर यातना दिएका थिए। बरईको आँखा नजिक चोट लागेको छ।

विद्यार्थी बरईले आफ्ना आमाबुबासमक्ष आफ्नो नर्सरी कक्षामा पढ्ने भाइलाई शिक्षक नभएको बेला कापी किन्दिन गएको बताएका छन्। कापी किनेर आउँदा शिक्षकले कक्षामा पढाइरहेका थिए, केही कुरा नसोधी ढिला आएको भन्दै २ पटक बेन्चमा ठोक्काएका उनले बताए।

यता बालकका बुबा लक्ष्मीप्रसादले विद्यालयमा शिक्षकले त्यसरी कुटपिट गर्दा पनि केही कारबाही नभएको भन्दै सञ्चारमाध्यममा अगाडि आएका छन्।

बालकको दायाँ आँखामा चोट लागेको र डाक्टरले आँखामा चस्मा लगाउनुपर्ने सुझाव दिएका छन्। मंसिर ९ गते उक्त घटना भएको थियो। कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने भन्दै विद्यालयका प्रअसम्म पुगे पनि विद्यालयले घटनालाई खासै चासो नदिएका पीडित बालकका बुवाले बताएका छन्।

यता वडाध्यक्ष शिव वाग्लेसमक्ष पनि उक्त घटनालाई जानकारी गराएपछि वडाध्यक्षले निवेदन लेखेर दिए कारबाही प्रक्रिया अघि बढाउने बताएका छन्। यदि विद्यालयबाट कारबाही प्रक्रिया अघि नबढे अदालतमा गएर मुद्दा हाल्ने चेतावनी पीडित परिवारले दिएका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments