Incident Reports

सीमा नाकामा प्रहरीमाथि हातपात, दुई भारतीय पक्राउ

2020-11-27

Province 1, Morang, Biratnagar

बिराटनगर, १२ मंसिर । प्रहरीमाथि हातपात गर्ने दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । विराटनगरको सीमावर्ती क्षेत्र रानीमा खटिएका सुरक्षाकर्मीमाथि हातपात गर्ने दुई भारतीय नागरिक पक्राउ परेका हुन् ।

प्रहरीले जोगबनी बस्ने २७ वर्षीय जुबेर मन्सुरी र सोही स्थानकी ३० वर्षीया अप्सना खातुनलाई पक्राउ गरेको हो । विराटनगर रानी मटेरुवाबाट डिउटीमा खटिएका प्रहरी जवानलाई हातपात गरेपछि उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

सीमा सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात गरी युनिफर्मसमेत च्यातिदिएका थिए । प्रहरीमाथि हातपात तथा दुर्व्यव्यहार गर्ने दुवै महिला र पुरुषलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी कारबाही अगाडि बढाइने इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports