2020-11-24
गण्डकी — ७१ वर्षीया वृद्धालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा कास्की प्रहरीले ३४ वर्षीय युवालाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका–१९ पुरन्चौरका घनश्याम गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए ।
उनका अनुसार मंगलबार राति १० बजेको समयमा एक्लै रहेकी वृद्धालाई उनकै घरभित्र प्रवेश गरेर बलात्कार प्रयास गरेका थिए ।
गिरीलाई बुधबार पक्राउ गरी जबरजस्ती करणी उद्योग कसुरमा बिहीबार जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरिएको डीएसपी हमालले जानकारी दिए । वृद्धा सोही वडाकी हुन् ।
परिवारमा अन्य सदस्य भए पनि वृद्धा भने एक्लै छुट्टै घरमा बस्दै आएका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Rape |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19