Incident Reports

कञ्चनपुरमा सशस्त्रका इन्स्पेक्टरबाट नेपाल प्रहरीका हवल्दार कुटिए !

2020-11-26

धनगढीः कञ्चनपुरमा सीमा क्षेत्रमा डिउटीमा खटिएका बेला विवाद हुँदा नेपाल प्रहरीका हवल्दारमाथि कुटपिट भएको छ।

बिहीबार सीमा क्षेत्रमा डिउटीमा खटिएका बेला आपसी विवाद हुँदा बीओपी बैसाखीका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण अधिकारीले बेलौरीको फटैया प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र खडायतमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।  

इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमलकुमार खड्काले डिउटीमा खटिएका बेला प्रहरी हवल्दार खडायतमाथि कुटपिट भएको बताए। आपसी विवादका क्रममा कुटपिट भएको बुझिएपनि घटनाबारे अनुसन्धान जारी रहेको खड्का बताउँछन्।  

दुई पक्षबीच के कति कारण विवाद भएको हो ? भन्ने कुरा खुल्न नसकेको दाबी प्रहरीले गरेको छ। कुटपिटबाट प्रहरी हवल्दार खडायतको मुखमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।  

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा छलफल भइरहेको बताउँदै घटनाबारे अनुसन्धान जारी रहेको जनाए।  

सो घटनाका विषयमा बुझ्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन।  

कुटपिटमा संलग्न भनिएका सशस्त्र प्रहरी निरीक्षक अधिकारीसँग समेत प्रतिक्रिया माग्न खोज्दा उनको फोन बन्द थियो। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations APF
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports