Incident Reports

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

2020-11-26

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 9

२४ वर्षीया युवतीलाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका–३ घर भइ हाल पोखरा महानगरपालिका–९ जाल्पारोड बस्ने ३४ वर्षीय केशव भुजेललाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले सुरुमा विभिन्न प्रलोभनमा पारेर राम्रो काममा लगाइदिने भन्दै आफूले सञ्चालन गरेको खाजा घरमा काम लगाएको र केही समयपछि आरोपितले पीडितलाई डर धम्की देखाउँदै जबरजस्ती यौन कार्यमा लगाइ पैसा असुल्ने गरेको आरोपमा पीडितले आरोपितविरुद्ध मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

उहाँले आरोपितविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुर अन्तरगत जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको र पीडितलाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको जानकारी दिनुभयो  ।

पीडित युवतीको स्वास्थ्य परीक्षण मङ्सिर ११ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।

सुशन घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments