Incident Reports

सन्धिखर्कमा जनमोर्चाको विरोध

2020-11-29

Lumbini, Arghakhanchi, Sandhikharka

अर्घाखाँची, मंसिर १४ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा विरोध सभा गरेको छ ।

कार्यक्रमका वक्ताहरुले देशमा भ्रष्टाचार बढ्दै गएको र सरकार नै भ्रष्टाचारीको संरक्षक बनेको आरोप लगाए ।

कोरोना संक्रमणको प्रभावकारी उपचार नगरिएको, कालो बजारी नियन्त्रण नगरेको र किसान तथा विद्यार्थीका सामान्य समस्या पनि सरकारले समाधान गर्न नसकेको भन्दै उनीहरुले आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता गर्न सरकार उदासिन रहेको उनीहरुको आरोप थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments