Incident Reports

विभिन्न माग राख्दै जनमोर्चाको प्रदर्शन

2020-11-30

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजी, कोरोना संक्रमितको निशुल्क उपचार, भारतद्वारा नेपालको अतिक्रमित भूमि फिर्ता र एमसीसी खारेजीको माग गर्दै देशव्यापी प्रदर्शन गरेको छ ।  सोमबार भएको उक्त प्रदर्शनप्रति विश्वमा रहेका नेपाली एकता समाजहरुले पनि ऐक्यबद्धता व्यक्त गरेको जनमोर्चाले दावी गरेको छ । 

जनमोर्चाले डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट, दाङ, रोल्पा, प्यूठान, गुल्मी, बाँके, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, रुपन्देही, पाल्पा, परासी, नवलपुर, चितवन, पोखरा, बाग्लुङ, काठमाडौंमा विरोध कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमहरुमा मोटरसाइकल -याली, जुलुस प्रशर्दन तथा सभाहरु सम्पन्न भएका थिए । 

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सहभागी पार्टीका नेता, कार्यकर्ता, विद्यार्थी, युवा, महिला, वकिल, किसान, मजदुर, कलाकार, पत्रकार, बुद्धिजीवी, दलित, जनजाति, तराइ मधेस संगठन र आम जनतालाई धन्यवाद व्यक्त गरेकी छन् । त्यस्तै उनले राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र जनजीविकाको पक्षमा सचेत रहन र सबै कार्यक्रममा ऐक्यबद्ध हुन आम जनतामा अपील पनि गरेकी छन् ।   


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Rastriya Janamorcha
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments