2020-11-30
रौतहट । रौतहटमा फेरि एकजना युवकको हत्या भएको छ । जिल्लाको उतरपूर्वी बृन्दाबन नगरपालिका वडा–३ का १९ वर्षीय रविराम चमारले गत राति सामान्य विवादमा सोही वडाका १८ वर्षीय नन्दकिशोर राम चमारको पेटमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते नन्दकिशोरको उपचारको क्रममा रातिनै चन्द्रपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै डिएसपी रवि रावलको नेतृत्वमा ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले आरोपी रविराम चमार, उसको बुबा लक्ष्मी राम चमार र विधालाल चमारलाई नियन्त्रणमा लिएको छ । साथै घटनामा प्रयोग भएको छुरासमेत प्रहरीले नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले जानकारी दिएका छन् ।
मृतकको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको तथा घटना बारे थप अनुसंधान भैरहेको एसपी शाहले बताएका छन् ।
घटनाको प्रत्यक्षदर्शी तथा बृन्दाबन नगरपालिकाका मेयर रामस्नेही यादवका अनुसार वडा ३ बिश्रामपुर गाउँसँगै चमारजातीको बसोबास भएको राम टोल रहेको छ । रामटोलमा गएराति नन्दकिशोर राम बाटोमा हिड्ने क्रममा एकजना महिलाको खुट्टामा ठोक्किन जाँदा विवाद सुरु भएको थियो ।
भनाभन र सामान्य हात हालाहाल हुँदै आरोपि रविराम चमारले अचानक तरकारी काट्ने छुरा ल्याएर नन्दकिशोर राम चमारको पेटमा प्रहार गरेको मेयर यादवले बताएका छन् । लगतै एम्बुलेन्स बोलाएर घाइतेलाई उपचारको लागि चन्द्रपुर पठाइ प्रहरीलाई खबर गरेको नगर प्रमुख यादवले जानकारी दिएका छन् ।
हिजो मात्र माधव नारायण नगरपालिकाका दलित दसैंरामको हत्याको घटना सुल्झिन नपाउँदै आज यस्तो घटना दोहरिएको छ । गत साउन २५ गते गरुडा नगरपालिका वडा ८ जिंगडियाका दलित युवक निरन्जन राम चमारको हत्या भएको थियो ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Sharp weapon |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Killed | 1 |
Youth Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance