Incident Reports

विद्यालयले महँगो शुल्क असुलेको भन्दै अभिभावकद्वारा उपमहानगरपालिका घेराउ

2020-12-01

Province 1, Sunsari, Dharan

उपमहानगरपालिकाले शुल्क निर्धारण गर्न ढिलाई गर्दा निजी विद्यालयहरुले मनोमानी शुल्क असुल गरेर आफुहरुलाई मार पारेको भन्दै अभिभावकहरुले धरान उपमहानगरपालिकामा घेराउ तथा नाराबाजी गरेका छन्।

उपमहानगरपालिकालाई दिएको अल्टिमेटमभित्र पनि शुल्क निर्धारण गर्न नसुनेको भन्दै अभिभावकहरु मंगलबार बिहान धरानका मेयर, उपमेयर भेट्न गएका थिए। उपमहानगरपालिकामा धर्नासमेत दिने घोषणा गरेर गएका अभिभावकहरुले कार्यकक्षमा मेयर र उपमेयर नभेटेपछि शिक्षा महशाखामा घेराउ र नाराबाजी गरेका हुन्। उनीहरुले शिक्षा महाशाखा प्रमुख रत्न कटवाललाई शुल्क निर्धारण गर्न दबाब दिदै नाराबाजी गरेका थिए। अहिले पनि अभिभावकहरु उपमहानगरपालिकामा नै भेला भएर बसेका छन्।

बिहान साढे १० बजेदेखि उपमहानगर गेट बाहिर धर्ना दिने भनिएको थियो। तर शिक्षा महाशाखा प्रमुख कटवालले मेयर तिलक राईसँग सम्पर्क गरेपछि कार्यालय आएर निर्णय गर्ने र बेलुकासम्म सुचना जारी गर्ने आश्वासन दिएपछि उनीहरुले धर्ना कार्यक्रम तत्काल गरेका छैनन्। ‘मेयर साब कार्यालय आएर शुल्कबारे केही निर्णय गछौं, र विद्यालयहरुलाई शुल्क असुल नगर्न निर्देशन दिन्छौं भन्नु भएकोले धर्न गरेका छैनौं,’धरान अभिभावक विद्यार्थी परिवारका सुवर्ण श्रेष्ठले भने, ‘हामी उपमहानगरपालिकामा नै बसिरहेका छौं।’

कोरोना महामारीको कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन शुरु भएकोले विद्यालयहरु बन्द छन्। लकडाउनको केही समय पछि केही निजी विद्यालयहरुले अनलाईनमार्फत कक्षा सञ्चालन गर्न थालेको थियो। अनलाईन कक्षा सञ्चालन गरेको भन्दै निजी विद्यालयहरुले सामान्य अवस्थामा जस्तै शुल्क लिइरहेको भन्दै अभिभावकहरुले आफुहरुलाई मर्का गरेको गुनासो गरिरहेका छन्। कोरोना महामारीले अभिभावकहरुको पनि आम्दानीमा असर पुगेकोले शुल्क समायोजन गर्न आग्रह गरिरहेका छन्। यस बिषयमा पटक पटक छलफल भएपनि उपमहानगरपालिकाले ठोस निर्णय गर्न सकेको छैन। स्थानीय सरकारले निर्णय नगरी नै निजी विद्यालयहरुले भने अभिभावकहरुसँग शुल्क उठाइरहेको छ।

अभिभावक विकास भाटीधरानका सम्पुर्ण अभिभावकहरुको समस्या लिएर उपमहानगरपालिकालाई गुहार्दा पनि वेवास्ता गरिएको बताउँछन्। उपमहानगरका प्रमुख, उपप्रमुखसमग्र धरानको अभिभावक भएकोले विद्यार्थीका अभिभावकहरुको समस्यालाई वेवास्ता गर्न नमिल्ने उनको भनाई छ। ‘हामी अभिभावकहरु समस्यामा परेर उहाँहरुलाई हार, गुहार गरिरहेका छौं। तर उहाँहरुले हाम्रो समस्यालाई ध्यानै दिनुभएको छैन, यो त ज्यादै दुःखको कुरा हो,’उनले भने।

शिक्षा महाशाखा प्रमुख रत्न कटवाल कार्यपालिकाले शुल्कबारे निर्णय नगर्दा अन्योलको अवस्था भएको बताउँछन्। शुल्क निर्धारण नभई नै केही विद्यालयहरुले अभिभावकलाई विल पठाउने गरेको र अभिभावकहरुले पनि तिरिरहेको जानकारी पाएको उनले बताए। ‘पालिकाले निर्णय गरिसक्नु पथ्र्यो, अहिलेसम्म निर्णय नहुँदा अन्योलको स्थिति भएको हो,’कटवालले भने,‘दशैंअघिदेखि नै छलफल गर्यौं, तर निष्कर्षमा पुगिएन।’ अभिभावकहरु उपमहानगर आएर नाराबाजी गरेकोबारे मेयरलाई जानकारी गराएको र कार्यालय आएपछि केही निर्णय गर्ने आश्वासन दिएको उनले बताए।

धरानका अभिभावकहरुले बार्षिक शुल्क र अनलाइन कक्षाको शुल्क विगतको तुलनामा ५० प्रतिशत निर्धारण गर्नुपर्ने माग गर्दै आइरहेका छन्। यस्तै, २०७६ चैत महिना यताको मासिक तथा यातायात लगायत लिएको सबै शुल्क फिर्ता गराउन, स्थानीय सरकारको शिक्षा महाशाखामार्फत अनलाईन कक्षाको प्रभावकारिता अनुगमन गर्न र स्थानीय सरकारले शुल्क निर्धारण नगरि शुल्क उठाउने विद्यालयलाई कारबाही गर्न पनि माग गरेका छन्।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Secondary Cause Government Relief
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments