Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-11-28

Province 1, Okhaldhunga, Champadevi, Ward 2

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–२ का २९ वर्षीय वीरबहादुर मगरलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७६ फागुन २८ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

बालिका अवस्थ्य भएपछि मङ्सिर १३ गते रामेछापको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार गर्न लगिएकोमा पीडित बालिकाले सोही दिन बच्चा जन्माएको र अभिभावले सोधपुछ गर्दा घटनाको बारेमा बताएपछि पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी  कार्यालय ओखलढुङ्गाका इन्स्पेक्टर शिव कट्टेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको इन्स्पेक्टर कट्टेलले बताउनु भयो ।

शिवप्रसाद ढुङ्गाना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments