Incident Reports

बलात्कार घटनाका पीडितद्वारा उजूरी दर्ता

2020-11-25

Karnali, Dailekh, Aathabis, Ward 1

३७ वर्षीया एकल महिलाले आफू माथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा मङ्सिर १६ गते उजूरी दर्ता गराउनुभएको छ ।

आरोपितले आफूलाई मङ्सिर १० गते राति घरमा सुतिरहेको बेला जबर्जस्ती ढोका खोलेर बलात्कार गरेको पीडितले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

जन्म जात अपाङ्गता भएकी महिलाका पति ३ वर्ष अघि दमको रोगले मृत्यू भएको थियो । स्वास्थ्य दन्दुरुस्त नभएको कारण बलात्कारको बेला प्रतिरोध गर्न नसकेको र ८ वर्षकी ठूली छोरीलाई थाहाभएपछि उसलाई पनि मार्ने धम्की दिएको पीडित महिलाको भनाई छ ।

बलात्कार घटनाका आरोपित आठबीस नगरपालिका–१ का ३० वर्षीय नेत्रबहादुर थापा हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले बताउनुभयो ।

अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments