Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-12-01

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 7

सात, आठ र १२ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई मङ्सिर १५ गते गिरफ्तार गरेको छ ।

आरोपितलाई पोखरा महानगरपालिका–१७ बिरौटा पावर हाउसस्थित फुर्सेखोला बगर किनारामा दुर्व्यवहार गरिरहेको अवस्थामा  गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

उहाँले आरोपितलाई अनुसन्धान ब्युरोले गिरफ्तार गरी कास्की प्रहरीलाई बुझाएको र आरोपितविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसुर अन्तरगत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको  बताउनुभयो ।

पीडितहरुको स्वास्थ्य परीक्षण मङ्सिर १६ गते पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा गरी अभिभावकको जिम्मा लगाइएको छ ।

सुशन घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 3
Youth Raped 3
INSEC

0 Comments