Incident Reports

दक्षिण अफ्रिका पुर्‍याएर बेचबिखन गरेको आरोपमा ताप्लेजुङका गणेश पक्राउ

0001-01-01

Province 1, Taplejung, Meringden, Ward 4

काठमाडौं- युवालाई आकर्षक रोजगारीको प्रलोभनमा पारी दक्षिण अफ्रिका पुर्‍याएर बेचबखिन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ताप्लेजुङ मेरिङदेन गाउपालिका-४ स्थायी घर भएका ४३ वर्षीय गणेशकुमार लोँबालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो। 

लोँबालाई ब्यूरोको टोलीले महाराजगन्जबाट मंगलबार पक्राउ गरेको जनाएको छ। लोँबाले ३ जनालाई आकर्षक काम तथा पारिश्रमिकको प्रलोभनमा पारी गैरकानुनी रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भारत, खाडी मुलुक (युएई, कतार) हुँदै दक्षिण अफ्रिका पुर्‍याएका थिए। 

दक्षिण अफ्रिका पुर्‍याएर उनीहरूलाई बिक्री गरी शारीरिक, मानसिक तथा आर्थिक शोषण गरी करिब ५ महिना बन्धक बनाएर राखेका थिए। 

बन्धक बनाएर  राखेको अवस्थामा कोही नभएको मौका छोपी पीडित त्यहाँबाट निस्किएर दूतावासमा पुगी उद्धारका लागि आग्रह गरेका थिए। उनीहरूले नेपाल फर्किएर दिएको जाहेरीका आधारमा ब्युरोले निज लोँबालाई पक्राउ गरेको जनाएको छ।

काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई उनीविरुद्ध अनुसन्धान कार्य अगाडि बढाइएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिए।

National/Online Media

0 Comments