Incident Reports

पौडेल पक्राउको विरोधमा प्रर्दशन

2020-12-02

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ – नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको विरोधमा कांग्रेस निकट भातृ संगठनहरुले प्रर्दशन गरेका छन्।

बुधबार पुलको उद्घाटन गर्न गृह जिल्ला तनहुँ पुगेका पौडेललाई प्रहरीले गिरस्तार गरेको थियो। तीन घण्टाभन्दा बढी समय नियन्त्रणमा राखेर उनलाई रिहा गरे पनि त्यसको विरोधमा कांग्रेस भातृ संस्थाहरुले विभिन्न जिल्लामा प्रर्दशन गरेका हुन्।

नेपाल विद्यार्थी संघ र तरुण दलले माइतघर मण्डलामा प्रर्दशन गरेका छन्। दुवै संगठनले जिल्ला जिल्लामा पनि आन्दोलन गर्न निर्देशन दिएका छन्।

माइतिघरको विरोधसभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष राजीव ढुँगानाले तनहुँ घटनाले कम्युनिष्ट सरकारको तरित्र उदांगो भएको बताए। उनले लोकतन्त्रलाई केपी ओली नेतृत्वको सरकारले कमजोर बनाउन खोजे आरोप लगाए।

उनले विनाकारण गरिएको पक्राउको देश व्यापी प्रतिरोध हुने चेतावी दिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments