Incident Reports

राजतन्त्रको पुनर्स्थापना माग गर्दै झापामा राप्रपाको शक्ति प्रदर्शन

2020-12-05

राजसंस्था र हिन्दूराष्ट्र स्थापनाका साथै र संघीयता खारेजीको माग गर्दै शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा राजावादीहरूले शक्ति प्रदर्शन गरेका छन् । उनीहरूले मोटर तथा मोटरसाइकल र्‍याली प्रदर्शन गरेका छन् ।

राप्रपा झापाको आयोजनामा भएको प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरू पूर्वी नाका काँकडभिट्टामा भेला भएका थिए । दिउँसो साढे २ बजे काँकरभिट्टाबाट एकीकृत र्‍याली प्रारम्भ भएको थियो ।

ठूलो संख्यामा सहभागीले ‘राजा आउ देश बचाउ, नारायणहिटीदरबार खाली गर’लगायत नारा लगाएका थिए।

प्रदर्शनका क्रममा बिर्तामोडमा भएको कार्यक्रममा राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले शनिबारको प्रदर्शन सुरुवात मात्र भएको चेतावनी दिए । उनले भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो। क्लाइमेक्स आउन बाँकी नै छ।’

राजसंस्था तथा हिन्दूराष्ट्र देशको आजको आवश्यक्ता भएको लिङ्देनले बताए। उनले भने, ‘मुलुकमा अहिलेको जुन प्रणाली छ, त्यसले देशलाई निकास दिन सक्दैन। राजसंस्था फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

राप्रपाका अर्का नेता राम थापाले अब दलका नेताहरूलाई कारागार पठाउनुपर्ने बताए ।

मुलुकका विभिन्न सहरमा दिनहुँजसो राजसंस्था तथा हिन्दूराष्ट्रका पक्षमा प्रदर्शन भइरहेका छन्। राजतन्त्रको अन्त्य भएको १२ वर्षपछि देशका प्रमुख सहरहरूमा पुनः राजसंस्था तथा हिन्दूराष्ट्रका पक्षमा प्रदर्शन सुरु भएको हो ।

काठमाडौं, चितवन, बुटवल, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी, जनकपुर, विराटनगरलगायत सहरमा भएका प्रदर्शनमा हजारौँ सर्वसाधारणले सहभागिता जनाएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments