Incident Reports

मध्यरातमा पिसाव गर्न निस्किएका पुरुष अपहरणमा परेको आशंका

2020-12-06

Madhes, Bara, Jitpur Simara

सुक्रबार मध्यरातमा पिसाब गर्न घरबाट निस्किएका एक पुरुष बेपत्ता भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका १८ कुस्माडीका ४९ बर्षिय झलक बहादुर पौडेल हराएका हुन् । मध्यरातमा हराएका पौडेल अपहरणमा परेको परिवारका सदस्यले बताएका छन् ।

गएराती १२ बजे सम्म कोठामै सुतिरहनु भएको थियो । विहान सुतेको ठाउँमा नदेखेपछी बुवाको फोनमा कुराहुँदा अर्कै मानिसले उठाएर अपरण गरेको बताएको पौडेलका छोरा विशाल पौडेलले बताए ।बुवा अपहरणमा परेको भन्दै आहारगुहार गर्दै प्रहरी चौकी जैतापुर गएको उनले बताए ।

सोही क्रममा पौडेलकी छोरी रोमा पौडेलले समेत बुवाको फोनमा सम्पर्क गर्दा बुवाले आफु अपहरणमा परेको भेनेर रुदै सुनाएको बताईन् ।

पिसाब गर्न निश्किएका बेला आँखा मुख थुनेर मोटरसाईकलमा राखेर ल्याए । कहाँ छु थाहा छैन । मलाई मार्छन होला छोरी भनेको उनले सुनाईन् । रोमले तिसबै कुरा मोवाईलमा रेकर्ड गरेको बताईन् । त्यस यता फोन सम्पर्क हुन नसकेको उनले बताईन् ।खेती किसानी गरेर घरब्यवहार गर्दै आउनुभएका मेरा सोझा बुवालाई कस्ले र किन अपहरण गरेको हो थाहा छैन । कुनै पनि हालतमा आफ्ना बाबुको सकुसल खोजी तथा उद्दार गरिदिन रोमाले अनुरोध गरिन् ।

बेलुका खाना खाएर सबैजना सुतेका थियौं । राती पिसा वगर्न निश्किनु भएछ । मध्यरातबाटै हराउनु भएको भएपनि आफुहरुले विहान मात्रै खोजी गर्दा अपहरणमा परेको जानकारी पायौं । मेरा सोझा पतिलाई अपहरण गरि किड्नी बेच्ने भनेको वहाँसँग भएको कुराबाट थाहा भएको पौडेल पत्नी सीताले सुनाईन् ।

बाराका प्रहरी नायव उपरिक्षक गौतम् मिश्रले घटना जानकारीमा आएको बताए । वास्तविकता बुझ्ने र पौडेलको खोजतलाशमा प्रहरी परिचालन भैसकेको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons Unclear
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people N
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments

Related Reports