Incident Reports

पश्चिम सेती निर्माणको माग गर्दै ७५० डोकासहित प्रदर्शन

2020-12-07

कैलाली, मंसिर २२ । ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना कार्यान्वयन हुन नसकेको भन्दै विरोधस्वरुप बैतडीको ढुंगाडमा डोको आन्दोलन गरिएको छ ।

बैतडीको ढुंगाड र डोटीको तलाराको बीचमा रहेको स्थानमा बोलन्या थलीले ७५० ओटा डोकासहित विशाल जनसभा आयोजना गरेको थलीका संयोजक यादव जोशीले जानकारी दिनुभयो ।

जनसभामा डडेल्धुरा, डोटी र बैतडीबाट डोकासहित प्रदर्शनकारी उपस्थित भएको बताइएको छ ।

प्रदर्शनकारीहरुले ‘आश्वासनका २८ वर्ष, पश्चिम सेती कहिले बन्छ ?’ ‘मृत सपना जिन्दा गर, पश्चिम सेती लागू गर’, ‘सरकार बनाउछौंमात्र भन्छ, पश्चिम सेती कहिले बन्छ ?’ लगायतका नारा लगाएका थिए ।

संयोजक जोशीले अब पनि राज्यले पश्चिम सेती निर्माण नगरे लडाकू दस्ता तयार पारेर संर्घष गर्ने चेतावनी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments