Incident Reports

विप्लव समूहका २ कार्यकर्ता पक्राउ

2020-12-07

Karnali, Rukum West, Sani Bheri, Ward 3

रुकुम– सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पालिका सेक्रेटरीसहित २ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

सानीभेरी गाउँपालिका सेक्रेटरीको रुपमा कार्यरत आठबीसकोट नगरपालिका–३ का २३ वर्षीय बाबुराम विश्वकर्मा र शिव विकलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा उनीहरुलाई सानीभेरी गाउँपालिका–३ पेदीबजारबाट पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका बाबुराम नेकपाको युवा संगठनका जिल्ला उपाध्यक्ष तथा शिव कोषाध्यक्ष रहेको जनाइएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments