2020-12-04
२२ मंसिर, वीरगञ्ज । जन्ति जान हिँडेका युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कालिकामाई गाउँपालिका–१ तीनडोबिया टोलका २२ वर्षीय राजेश पटेल र ३१ वर्षीय सुरेन्द्र पटेल पक्राउ परेका हुन् ।
उनीहरुलाई सँगै जन्ती गएका २६ वर्षीय एमामुल हुसैनको हत्या अभियोग लागेको छ । उनीहरुविरुद्ध सोमबार पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्धामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।
धोबिनी गाउँपालिका–१ भिखमपुर जन्ती जान भनी निस्केका उनी बेहुलीको घरमा नपुगेपछि खोजी सुरु गरिएको थियो । तीन दिनपछि धोबिनी गाउँ पालिका– २ स्थित नहरमा उनको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले आफन्त मार्फत सँगै जन्ती गएका दुई जनालाई प्रहरी कार्यालयमा झिकाएर अनुसन्धान सुरु गरिएको बताइन् । ‘घटना पछि सँगै जन्ति गएका उनीहरु फरार थिए, आफन्त मार्फत बोलाएर अनुसन्धान प्रक्रिया सुरु गरेका छौं,’ उनले भनिन् । ‘ अनुसन्धान पछि बाँकी कुरा खुल्दै जान्छ ।’
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Unclear |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Actor 1 - Number of people | 2 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance