Incident Reports

कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-12-07

Lumbini, Banke, Nepalgunj, Ward 20

काठमाडौं, २०७७ मङ्सिर २३ गते     बाँके, नेपालगंज उपमहानगरपालिका-२० मदनापुर बस्ने २८ वर्षीय पुरुषलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-२० मदनापुर बस्नेरु १९ वर्षीय दिनेश पुरी, १९ वर्षीय धर्म वली, २१ वर्षीय सुरज कुँवर र १९ वर्षीय उमेश घर्ति मगर रहेका छन् । सोही ठाउँस्थित जित कुमार श्रेष्ठको विवाह घरमा नाचगान गर्ने क्रममा विवाद हुँदा ती पुरुषलाई लाठी, चिरपट लगायतले प्रहार गरी घाइते बनाएको घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनी उपर ज्यान मार्ने कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।   

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports