Incident Reports

रसुवामा अपहरणपछि ६ वर्षीया बालिकाको विभत्स हत्या 

2020-12-08

Bagmati, Rasuwa, Kalika

रसुवामा अपहरणपछि ६ वर्षीया बालिकाको विभत्स हत्या भएको छ । कालिका गाउँपालिका १ फैलिगाङ कि ६ वर्षीया सुमिना तामाङको विभत्स हत्या भएको हो । आइतबार बिहान ९ बजे बालिका ग्राङ प्राथमिक विद्यालय गएको र विद्यालयबाट घर नफर्किएपछि परिवारले खोजी गरेका थिए । खोजतलासका क्रममा एकजना महिलाले लगेको हल्ला गाउँमा चलेपछि बालिकाको परिवारले नजिकैको अस्थायी प्रहरीचौकी ग्राङमा उजुरी गरेका थिए । 

उजुरीपछि तत्कालै अस्थायी प्रहरीचौकी ग्राङ र इलाका प्रहरीचौकी कालिकास्थानका प्रहरीले खोज–तलास सुरु गरेका थिए । खोज–तलासका क्रममा तामाङलाई नुवाकोटको किस्पाङ गाउँपालिका  ५ की १९ वर्षीया सपना तामाङले आइतबार विद्यालय छुट्टीपछि घर फर्कने क्रममा बाटैबाट अपहरण गरेको खुलासा भएको छ । 

अज्ञात रहेकी बालिकाको जिल्ला प्रहरी कार्यालय रसुवालगायत अन्य प्रहरी कार्यालयबाट खोजतलास भएको थियो । खोजतलासको क्रममा मंगलबार कालिका गाउँपालिका १ पलेपस्थित नागुर्दुङ भिरको ढुङ्गाको ओढारमा सुक्न लागेको बिलाउनेको सेउलाले छोपिएको अवस्थामा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक इन्द्र सुवेदीले बताए । 

बालिकाको झोला, चप्पल र शवनजिकै झाडीमा रहेको र शवभन्दा केही तल नीलो प्लास्टिकभित्र चाउचाउको प्याकेटसमेत भेटिएको उनले बताए । ‘बालिकाले कानमा लगाएको सुनको एकजोर मुन्द्रासमेत कानमा थिएन’ सुवेदीले भने ‘घाँटीमा डोरीले कसिएको डाम थियो, मुन्टो घुमाउँदा घुम्थ्यो, स्कुलको ड्रेस झोलाभित्र थियो ।’

बालिकाले लगाएको सुनको मुन्द्रा चोरी गर्ने उद्देश्यले प्रतिवादी तामाङले अपहरण गरी एकान्त ठाउँमा लगी घाँटीमा डोरीले कसी निर्ममतापूर्वक हत्या गरी लुकाइछिपाइ राखेको पाइएकोसमेत खुलासा भएको छ । 

प्रतिवादीले विगतमा पनि रसुवा जिल्लालाई आधार बनाई राम्चेलगायतका ठाउँमा अपराधको घटना गराएको खुल्न आएकोसमेत प्रहरीले जनाएको छ । यसअघि तीनपटकसम्म सुन चोरीसम्बन्धी मुद्दामा पक्राउ परेको र एक वर्ष बाल सुधारगृह भक्तपुरमासमेत प्रतिवादी सपनालाई राखिएको र अहिले पुनः घटना दोहोरिएको महिला सञ्जाल रसुवाका अध्यक्ष सुनीतामाया गुरुङले बताइन् । ‘यी महिला यसअघि तीनपटक चोरीको घटनामा पक्राउ परेकी थिइन्, दुईपटक बालिका नै रहेको हुँदा चोरीका सामान सम्बन्धित व्यक्तिलाई फिर्ता गरी मिलापत्र गरी पठाइएको थियो, तेस्रोपटकको समयमा उनी १७ वर्षकी थिइन्र र रसुवा जिल्ला अदालतले बाल सुधारगृहमा राख्ने आदेश दिएको थियो, एक वर्ष सुधारगृहमा बसी निस्किएकी थिइन्, अहिले पुनः घटना गराएको पाइयो ।‘

बालिका हत्यामा संलग्न भएकी उनलाई मंगलबार जिल्लाको कालिका गाउँपालिका २ कालिकास्थानबाट प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि सदरमुकाम धुन्चेमा राखेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । 

मृतक बालिकाको परिवार तथा स्थानीयले उनलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । बालिकाको शव रसुवा अस्पताल धुन्चेमा पोस्टमार्टमका लागि ल्याइएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइरहँदा रसुवामा महिलाबाटै बालिकाको अपहरणपछि हत्या भएको हो । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments