Incident Reports

केशलिया रोड नबनाएको भन्दै विराटनगर महानगरका स्थानीयहरु धर्नामा

2020-12-08

Province 1, Morang, Biratnagar, Ward 6

विराटनगर, २३ मंसिर । विराटनगर महानगरपालिकाको ६ र ११ नम्बर वडामा पर्ने हुलाकी मार्ग केशलिया रोड लामो समयदेखि नबनाएको भन्दै स्थानीयहरुले बाटोमै धर्ना दिएर विरोध गर्दै आएका छन् ।

पटक–पटक ३ नै तहका सरकारको ध्यानाकषर्ण गराउदा पनि सुनुवाई नभएपछि स्थानीयले बाटो हिड्न अप्ठ््यारो भएको भन्दै विरोध जनाएका हुन् ।


स्थानीयले विरोधस्वरुप आज, भोलि, पर्सी भन्दाभन्दै आखिरमा कहिले केशलिया रोड बन्ने ?, केशलिया मार्ग कुन देशमा ? यत्रतत्र केशिलया मार्ग अलपत्रलगायतका नारा लेखिएका व्यानर बोकेर विरोध गरेका हुन् ।

विराटनगरको सबैभन्दा बढी नागरिक हिड्ने मूलबाटो भएपनि कुनै तअको सरकारले नहेरेको स्थानीयहरुले आरोप लगाएका छन् ।


उनीहरुले महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको पनि पटक–पटक ध्यानाकर्षण गराइसकेको भएतापनि अहिलेसम्म कसैको पनि ध्यान नपुगेपछि आफूहरु बाध्य भएर बुधबारदेखि अनिश्चित सडकमा बसेर विरोध स्वरुप धर्ना बसेको बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments