Incident Reports

आणविक अस्त्र नष्ट गर्न अपिल गर्दै बुटवलमा शान्ती समाजको प्रदर्शन

2020-12-10

Lumbini, Rupandehi, Butwal

बुटवल, २५ मंसिर । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारी मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवल बिहीबार शान्तीपुर्ण प्रदर्शन गरेको छ ।

‘आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैनन ।’ भन्ने नारासहित विश्वका आणविक भट्टी रहेका देशहरूलाई दबाब दिन यो नारा राख्दै मानव अधिकार दिवस मनाईएको हो ।

कार्यक्रममा बोल्दै मानवअधिकार तथा शान्ती समाज नेपाल रुपन्देहीका अध्यक्ष डिपी खनालले विश्वभर महामारीको रुपमा रहेको कोरोना बरु निको होला तर आणविक अस्त्र रहेसम्म हामी सुरक्षित छैनौ भन्दै विश्वभर शान्ति फैलाउन आणविक अन्त्यसम्बन्धी महासन्धिमा नेपालले हस्ताक्षर गर्नुपर्ने माग गरे ।

विश्वका आणविक होडमा रहेका देशहरुलाई दबाब दिने रुपमा यो वर्ष अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको हो । बुटवलमा भएको कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले युद्ध रोकौ, शान्ति प्रवद्घन गरौँ, युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ,युद्ध निषेध, शान्ति विशेष, आणविक अस्त्र चाहिँदैन,शान्ति मास्न पाईदैन लगायतका प्ले कार्ड सहित सडकमा प्रदर्शन गरेका हुन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments