Incident Reports

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

2020-12-08

Gandaki, Nawalparasi East, Kawasoti, Ward 3

२५ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बारा जिल्ला पचरौता नगरपालिका–९ कुडँवाका १९ वर्षीय सन्दिप कुमार यादव र १९ वर्षीय शरद प्रसाद यादवलाई मङ्सिर २३ गते गिरफ्तार गरेको छ ।

घटनामा संलग्न अर्का एक आरोपित स्याङ्जा जिल्ला चापाकोट नगरपालिका–९ साखरका भगवत भट्टराई फरार रहेकोले खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का इन्स्पेक्टर मधु सिंहले जानकारी दिनुभयो ।

उहाँले घटनाको बारेमा सूचना प्राप्त भए लग्तै प्रहरीले आरोपितहरुलाई गिरफ्तार गरेको र पीडितले आरोपितहरुविरुद्ध मङ्सिर २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २३ गते भरतपुर जिल्ला अस्पताल चितवनमा गरिएको छ ।

तिर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments