Incident Reports

पत्नीलाई मट्टीतेल खन्याइ आगो लगाउने प्रयास l

2014-06-04

Lumbini, Banke, Nepalgunj

Binod Pandey बाँके । ०७१ जेठ २१ गते परस्पुर गाविस-७ की २४ वर्षीया अमृता जमाललाई पति २६ वर्षीय मनोज जमाल बाल्मिकीले जेठ २१ गते मट्टीतेल खन्याइ आगो लगाउने प्रयास गरेका छन् । पीडितको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । नेपालगञ्जस्थित सशस्त्र प्रहरी औद्योगिक सुरक्षा दस्ता कारकाँदोमा परिचरमा कार्यरत बाल्मीकीले मदिरा सेवन गरी पत्नीलाई कुटपिट गर्दै मट्टीतेल खन्याइ आगो लगाउने प्रयास गरेका थिए । मट्टीतेल खन्याएको छिमेकीले र घटनास्थल नजिकै रहेको नेपाल मुस्लिम समाजका कर्मचारीहरूले थाहा पाइ घटना स्थल पुगेपछि मनोज भागेका थिए । 'अमृता मट्टीतेलले पुरै भिजेकी थिइन् कोठा पुरै गन्हाएको थियो, आगो लगाउन पाएन।' मुस्लीम समाजकी रुबी खानले भनिन् । पहिलेदेखि झै झगडा गरिरहने र कुटपिट गर्ने गरेको पीडितकी जेठानी बसन्ती बाल्मिकीले बताइन् । उनले पनि मदिरा सेवन गरेर कुटपिट गर्दै मट्टीतेल खन्याएको बताइन् । पीडितका आठ वर्षीय र चार महिने दुई छोरा छन् । आरोपितलाई वडा प्रहरी कार्यालयको टोलीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis