Incident Reports

मदिरा किन्न ५० रुपैयाँ नदिँदा फुपूको हत्या ! 

2020-12-12

Lumbini, Kapilbastu, Shivaraj, Ward 5

२८ मंसिर, बुटवल । मदिरा किन्न ५० रुपैयाँ माग्दा नदिएपछि उत्पन्न विवादमा कपिलवस्तुमा एक महिलाको ज्यान गएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ मा डेरा गरी बस्ने ५९ की सुशिला खड्काको शनिबार राति हत्या भएको हो ।

सँगै बसेर मदिरा खाएका भदा नाता पर्ने २३ वर्षीय तोरणबहादुर खड्काले सुशिलालाई ईंट्टा र सिलौटोले टाउकोमा प्रहार गर्दा निजको मृत्यु भएको कपिलवस्तु प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालय केनाइन शाखा बाँकेबाट जम्बो नामको अपराध अनुसन्धान ( ट्रयाकर ) तालिमप्राप्त कुकुर झिकाइ आइतबार बिहान घटनास्थलमा डग स्नाईफिङ गराउँदा हत्यामा संलग्नलाई पत्ता लगाइएको जिल्ला प्रहरी प्रमुख अधिकारीले बताए ।

‘उनीहरुसँगै बसेर मादक पदार्थ सेवन गरेका रहेछन्, थप रक्सी ल्याउन ५० रुपैयाँ माग्दा नदिएपछि वादविवाद भई तोरणबहादुरले ईंट्टा र सिलौटोले टाउकोमा प्रहार गर्दा सुशिलाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ एसपी अधिकारीले भने, ‘घटना भएको ९ घण्टाभित्रै अनुसन्धान गरी अभियुक्तलाई नियन्त्रणमा लिन सफल भयौं ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments