Incident Reports

हुम्लामा सरकारविरुद्ध नेवि संघको सिट्ठी जुलुस

2020-12-14

सिमकोट- हुम्लामा नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। नेपाली कांग्रेसले सोमबार गर्न लागेको सरकारविरुद्धको देशव्यापी प्रदर्शनको अघिल्लो दिन नेवि संघले हुम्लामा सिट्ठी जुलुस निकालेको हो।

सिमकोटस्थित लोकतन्त्र चोकबाट नेवि संघ उपाध्यक्ष छिरिङ सोनाम लामाको नेतृत्वमा विद्यार्थीहरुले सिट्ठी बजाएर सरकारविरुद्ध विरोध जनाएका थिए।

मंसिर २९ गते काँग्रेसले सिमकोटमा गर्ने विरोध प्रदर्शनलाई सफल बनाउन र सरकारले गरेका गलत काम कारवाहीको विरुद्ध प्रर्दशन गरिएको विद्यार्थी नेता रविन कुमार बस्नेतले बताए।

कानमा तेल हालेर बसेको सरकारलाई ब्यूँझाउन नेवि संघले सो कार्यक्रम गरेको उनले बताए। नेवि संघको सिट्ठी जुलुस काली चोक, बाल मन्दिर चोक, काठेचुली, एयरपोर्ट हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेको थियो।

काँग्रेस हुम्लाले भोलि हुम्लामा शक्ति प्रदर्शन गर्ने जनाएको छ। गाउँगाउँमा कार्यकर्ताहरु जम्मा गर्ने क्रम सुरु भएको छ। काँग्रेस हुम्लाले विरोध प्रदर्शन सभाको तयारी सबै पूरा भएको जनाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments