Incident Reports

छिमेकीलाई लक्षित गरी भरुवा बन्दुक पड्काएको अभियोगमा पक्राउ

2020-12-12

Bagmati, Sindhuli, Kamalamai, Ward 8


सिन्धुली, २०७७ मङ्सिर २८ गते  छिमेकीलाई लक्षित गरी भरुवा बन्दुक पड्काएको अभियोगमा कमलामाई नगरपालिका-८ भुवनचोक बस्ने गगन बहादुर वाईबालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ३१ वर्षीय पञ्च बहादुर तामाङले गगनलाई तिर्नुपर्ने ८ सय रुपैयाँ तिर्नका लागि छिमेकी २२ वर्षीय पञ्चमान बाइबालाई १ हजार रुपैयाँ दिई पठाएकोमा उक्त रकम दिई बाँकी नगद २ सय रुपैयाँ फिर्ता माग्दा पञ्चमान र गगनबीच भएको विवादमा गगनले भरुवा बन्दुक पड्काउँदा पञ्चमानकी छोरीलाई छर्रा लागेर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले गगनलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports