Incident Reports

कालीगण्डकी गाउँपालिकाको डोजरमा आगजनी

2020-12-12

Gandaki, Syangja, Kaligandagi

स्याङ्जा : कालीगण्डकी गाउँपालिकाको डोजर अज्ञात समूहले आगजनी गरेको छ। लु १ क २६७४ नम्बरको डोजरमा शनिबार राति आगजनी भएको हो। डोजर जलेर नष्ट भएको वडा नम्बर ५ का वडाध्यक्ष लोकेदार थापाले जानकारी दिए।

सडक स्तारोन्नति र नयाँ ट्रयाक निर्माण गर्न वडा नम्बर ५ मा डोजर पठाइएको थियो। कालीगण्डकी गाउँपालिकाको जैपतेदेखि गल्याङ नगरपालिकाको इलुङ्गासम्मको सडक स्तारोन्नति र जैपते, वीरडाँडा, धोला फोक्सिङ, करिकुवासम्मको नयाँ ट्रयाकको काम सकेर डोजर वडा नम्बर ५ को रिप भन्ने स्थानमा पार्किङ गरी राखिएको थियो।

शनिबार राति करिव ८ बजे डोजरमा आगजनी गरिएका हो। स्थानीयवासी, जनप्रतिनिधि र प्रहरीले राति १० बजे आगो नियन्त्रणमा लिइएको थियो। घटनाबारे अनुसन्धान भैरहेको वडा प्रहरी कर्यालय वालिङका प्रहरी निरीक्षक हरि पौडेलले बताए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports