Incident Reports

सिगासमा सडकखण्ड बिबाद उत्कर्षमा : महिलामाथि हातपात, यस्तो छ वास्तविकता

2020-12-11

टेक सिँह धामी/ धनगढी, मंसिर २८ । बैतडीको सिगास गाउँपालिकामा सडकखण्ड निर्माण कार्य चरम बिबादित बनेको छ।

सिगासमा सिन्याखेत देखि वडा नं ०५ जोड्ने सडक निर्माणका क्रममा विवाद हुँदा २ जना माथी हातपात भएको छ। गाउँपालिकाका अध्यक्षका भाई तथा सिगास ५ को भुवनेश्वरि मा.बि मा कार्यरत शिक्षक समेत रहेका बिरेन्द्र सिंह धामी बिबेक र तिलक धामीले आफुमाथि दुरब्यबाहार र हातपात गरेको गौरा धामीले सुदुरपत्रलाइ बताइन्।

उनले भनिन् “बिरेन्द्र धामीले बिधालयबाट केही बिधार्थी लिएर आयो। एकाएक आएर हामीलाइ झम्टेर लछारपछार गरेर हामी माथि हातपात गर्यो, मेरा श्रीमानलाइ कृट्यो, म माथि दुरब्यबाहार र गालि गलौज भएको छ। अब यसका विरुद्ध कानुनि उपचार खोज्छु, म जिल्ला प्रहरी कार्यालयमा जाहेरि दिने प्रकियाका लागि जिल्ला प्रहरी कार्यालय बैतडी गइरहेकी छु। गाउँपालिका अध्यक्ष हरि सिंह धामीकै भाइ भएकै कारण आफुमाथि यस्तो दुरब्यबाहार भएको र यो सत्ता र शक्तिको दम्भको उदाङ्गो उदाहरण भएको धामीले आरोप लगाइन्”।

उनकै शब्दमा “बिरेन्द्र धामी बिगतमा पनि जबरजस्तीकरणीका घटनामा मुछिएको ब्यक्ति हो, हाम्रो पावर छ भन्ने दम्भ देखाउने गलत प्रवृत्ति भएको, अराजक गतिविधि गर्दै हिन्ने उसको ब्याकग्राउन्ड हो”। भोली समाजमा यस्ता घटना नदोहोरिउन भन्नकै लागि पनि कानुनि कारवाहीको प्रक्रियामा जाने धामीले बताइन्।

के भन्छन् शिक्षक विरेन्द्र सिह धामी ‘विवेक’..?

शिक्षक विरेन्द्र सिह धामी ‘विवेक’ले भने महिलाहरुले आफुलाई हातपात तथा गाली गलौच गरेको र सडक खण्ड निर्माणका बेला बिबादित बनेको बिषयलाइ लिएर मलाइ फसाउन खोजिएको दाबी गरेका छन्।

उनले भने ” मैंले हातपात गरेको होइन, महिलाले हसिया बोकेर आएका थिए, विवादका क्रममा आइलाग्दा प्रतिकार गरेको हो। महिलाले अश्लिल गालीगलौज गरे, केटाहरुले पनी प्रतिकार गरेका हुन्। म माथी आक्रमण गर्न खोजे तर आत्मरक्षाका लागि प्रतिकार गरेको गरेको हो “।

बिरेन्द्र धामीले गौरा धामीले गालि गलौज गरेको भनि इलाका प्रहरी कार्यालय पाटनमा कारबाहीको माग गर्दै निवेदन दिएका छन् ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Unclear
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments