Incident Reports

लमजुङमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन  

2020-12-14

Gandaki, Lamjung, Besishahar

कांग्रेसले लमजुङमा पनि सरकारको विरुद्धमा प्रदर्शन गरेको छ । दिउँसो १ बजे सदरमुकाम बेसीसहरको मनाङेचौताराबाट प्रदर्शन सुरु भएको हो । मनाङेचौताराबाट सुरु भएको प्रदर्शन त्रिवेणीटोल, भीमसेनस्थानचोक, नारायणस्थानचोक हुँदै सेराचोकमा पुगेर कोणसभामा परिणत भएको कांग्रेसका जिल्ला सचिव हरिप्रसाद बरालले  बताए । 

सभालाई कांग्रेस लमजुङका पूर्वसभापति एवं सभासद् चन्द्रबहादुर कुँवर, पूर्वसभापतिहरू शंकरकान्त जोशी, तुलसीनारायण श्रेष्ठ र कृष्णप्रसाद कोइरालाले सम्बोधन गरेका थिए  । उनीहरूले भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबार गए हुने भन्दै व्यंग्य गरेका थिए । 

कांग्रेस जिल्ला सभापति  भेषबहादुर पौडेलले सरकारको अकर्मण्यताका कारण कांग्रेस बाध्य भएर सडकमा आउनुपरेको बताए । विरोध प्रदर्शनका लागि जिल्लाका विभिन्न ठाउँबाट कांग्रेसका नेता तथा कार्यकर्ता सदरमुकाम बेसीसहर आएका थिए । 

कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहारसहित सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड र महिला हिंसा तथा बलात्कारका घटना वृद्धिजस्ता दर्जनौँ मुद्दा देखाएर विरोध प्रदर्शन गरेको हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments