Incident Reports

सरकारविरुद्ध सिन्धुपाल्चोक काँग्रेसको प्रदर्शन यस्तो देखियो

2020-12-14

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

चौतारा : काँग्रेस सिन्धुपाल्चोकले सरकारको ज्यादातीविरुद्ध सदरमुकाम चौतारामा विरोध प्रदर्शन गर्‍यो।

चौतारामा भने पुरानो चौतारा बजारको कृष्ण मन्दिरबाट सुरु भई टुँडिखेल छेउ पुगेर कोणसभामा परिणत भएको विरोध प्रदर्शन जिल्ला सभापति लामाले समापन गरे।

कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री कमला पन्तको प्रमुख आतिथ्यमा भएको प्रदर्शनमा केन्द्रीय सदस्य विष्णुविक्रम थापा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेल, प्रदेशसभा सदस्य निमा लामा, गाउँपालिका राष्ट्रिय महासंघका महासचिव एवं इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङलगायत नेताहरुको उपस्थिति रहयो।

विरोध सभालाई सम्बोधन गर्दै नेता पोखरेलले नेकपाहरुले अब मुट्ठी बन्द गरेर लालसलाम होइन मुट्ठी खोलेर जय नेपाल भन्नुपर्ने दिन आएको बताए। उनले भने, 'अहिलेको

कम्युनिस्टको सरकार कमाउनिस्टमा आवद्ध भयो। राणा शासनको पालामै सम्झौता भएको रेल आफ्नो सरकारले ल्याएको रे।'

विरोध सभामा पुर्वमन्त्री एवम् केन्द्रीय सदस्य पन्तले ओली सरकार किसानमारा भएकोले सडकमा गलत्याउने दाबी गरिन्। नेपाली जनताको अधिकार कटौती र कुण्ठित गर्न खोज्यो भने चुप लागेर नबस्ने चेतावनीसमेत पन्तले दिइन्।

सभापति लामाले नेपाली कांग्रेसले रगत बगाएर ल्याएको प्रजातान्त्रविरुद्ध नेकपा सरकार लागे त्यसको प्रतिवाद गर्न आफू पछि नपर्ने दाबी गरे।

नेकपाको शासनविरुद्ध अब गाउँ गाउँबाट काँग्रेस जाग्ने र सुशासन ल्याएरमात्रै कांग्रेसले सास फेर्ने उनको भनाई थियो। प्रदर्शनलाई सम्बोधन गर्दै नेताहरुले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको घटनाको निन्दा गरेका थिए।

केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत समूहले भने क्षेत्र बाह्रविसेमा विरोध प्रदर्शन गरेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments