Incident Reports

उखु किसान आन्दोलनको समर्थनमा वीरगञ्जमा प्रदर्शन

2020-12-15

Madhes, Parsa, Birgunj

३० मंसिर, वीरगञ्ज । काठमाडौंमा जारी उखु किसान आन्दोलनको समर्थनमा वीरगञ्जमा मंगलबार प्रदर्शन गरिएको छ । वीरगञ्जको घण्टाघरमा उखु किसानको समर्थनमा प्रदर्शन गरिएको हो ।

सरकार किसानलाई बाँच्न देऊ, २०६७ पुस १८ गते भएको पाँच बुँदे सम्झौता लागू गर, किसान मार्न पाइँदैन भन्ने नारा लेखिएको प्ले कार्ड सहित प्रदर्शन गरिएको थियो ।

किसानले रगत पसिना बगाएर उब्जाएको उखुको भुक्तानी नदिएर उद्योगीले अन्याय गरेको र सरकार मुकदर्शक बनेको प्रदर्शनमा सहभागी जनता समाज पार्टी (जसपा)का युवा नेता ओम प्रकाश सर्राफले बताए ।

‘उखु किसानको बक्यौता पैसा दिइरहेको छैन । किसान जाडोको समयमा रगत पसिना बगाएर उब्जाएको उखुको पैसा माग्न काठमाडौंमा आन्दोलनमा छन्,’ उनले भने, ‘ तिनै किसानको माग पुरा होस\ भनेर किसानको समर्थनमा प्रदर्शन गरेका हौं ।’

उखु किसान संघर्ष समितिसँग गतवर्ष भएको पाँच बुँदे सम्झौता पूरा नगरे वीरगञ्जमा चरणबद्ध आन्दोलन गर्ने उनको भनाइ छ ।

जसपा नेपालका केन्द्रीय सदस्य मोनिका सिंहले किसानमाथि अन्याय गर्नेलाई कारबाही हुनुपर्ने बताइन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments