Incident Reports

अज्ञात समूहद्वारा दम्पतीको हत्या l

2014-06-04

Madhes, Saptari, Hanumannagar Kankalini

Manohar Kumar Pokharel सप्तरी । ०७१ जेठ २२ गते हनुमाननगर गाविस-५ स्थित बजारमा जेठ २१ गते राती अज्ञात समूहले कपडा व्यावसाय सञ्चालन गर्दै आएका ५२ वर्षीय प्रेमसुख बेगवानी र उनकी पत्नी ४२ वर्षीया सरोदेवी वेगवानीको हत्या गरेको छ । हनुमाननगर गाविस-५ स्थित घरमा प्रवेश गरी अज्ञात समूहले टाउकोमा हतियार प्रहार गरी सुतिरहेकै पलङ्गमा दम्पतीको हत्या गरेको स्थानीयवासी बिहारी साहले जानकारी दिएका छन् । बेगवानीका दुई छोरा भारतको मैंगलोरमा अध्ययनरत रहेकाले घरमा बेगवानी दम्पती मात्र रहेका थिए । आफ्नै घरमा रहेको पसलको सटर जेठ २२ गते दिउँसो १० बजेसम्म नखुल्दा स्थानीयवासीहरूले शंका लागि प्रहरीमा जाहेर गरेपछि प्रहरी घटनास्थलमा पुगेको सोही ठाउँका अरविन्द मेहताले बताए । घटनाको अनुसन्धानको लागि कोसी अञ्चल प्रहरी कार्यालय धरानबाट तालिमप्राप्त कुकुर मगाइएको र आज अपरान्ह ४ः३० बजेबाट घटनाको अनुसन्धान थालिएको एसपी दिनेश अमात्यले बताए । इलाका प्रहरी कार्यालय हनुमाननगरको एक सय मिटर उत्तर बजारको बीचमा भएको दम्पतीको हत्या भएको घटनाले स्थानीवासी आतङ्कित भएका छन् । आक्रोशित स्थानीय व्यापारीहरूले जेठ २२ गते दिनभरी बजार बन्द गरेका छन् । लास जाँच प्रकृति मुचुल्का बनाई पोष्टमार्टमका लागि दम्पतीको लास राजविराजस्थित अञ्चल अस्पताल ल्याउने तयारी भइरहेको सई बदन प्रधानले बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis