Incident Reports

प्रधानमन्त्रीको राजीनामा माग्दै समाजवादी पार्टीद्वारा पोखरामा पुत्ला दहन

2020-12-16

Gandaki, Kaski, Pokhara Lekhnath

सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्। 

पोखराको चिप्लेढुङ्गाबाट बुधबार नाराबाजीसहित निस्केको समाजवादी पार्टीको जुलुस महेन्द्रपुलमा पुगेर प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्। 

पुत्ला दहनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेका थिए। समाजवादी पार्टीका कार्यकर्ताले प्रहरी हस्तक्षेप रोकेर पुत्ला दहन गरे। पुत्ला दहनअघि समाजवादीका कार्यकर्ताले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै नारा लगाएका थिए।

पुत्ला दहनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै समाजवादीका केन्द्रीय सदस्य देवी सुवेदीले प्रधानमन्त्री ओलीले निकास दिनुपर्ने बताए। 

‘संविधानप्रति उहाँको केही अपनत्व बचेखुचेको छ भने उहाँले अब निकास दिनुपर्छ’, सुवेदीले भने।

प्रधानमन्त्री ओलीले धेरै टिकटक खेलेको भन्दै अब ओलीको टिकटक बजारमा नचल्ने उनले बताए।

‘सांसद अपहरण गरेर एउटा टिकटक खेल्नुभयो त्यो चलेन, खोक्रो राष्ट्रवादको टिकटक पनि अब चल्नेवाला छैन’, उनले भने, ‘चोर र साधु एकै ठाउँमा बस्न सकिँदैन भनेर उहाँकै पार्टीका नेताहरूले भन्नुभएको छ, अब चल्दैन।’

सुवेदीले प्रधानमन्त्री ओलीको इशारामा राष्ट्रपति विद्यादेवी भण्डारी चलेको आरोप लगाए। 

‘बालुवाटारमा कोटको फर्को नचल्दै शितल निवासमा सारीको फर्को हल्लिन्छ’, सुवेदीले भने।


सभामा बोल्दै समाजवादीका गण्डकी प्रदेश अध्यक्ष मोती रिजालले अध्यादेश ल्याएर सरकारले अधिनायकवाद निम्त्याउन खोजेको बताए। 

समाजवादी पार्टीले सांकेतिक विरोध मात्र गरेको भन्दै उनले अध्यादेश तत्काल फिर्ता लिन माग गरे।

समाजवादी पार्टी गण्डकीका उपाध्यक्ष दीपक तामाङले ओली सरकार प्रतिगमनतिर गएको र अहिलेसम्मका सबै परिवर्तन अस्वीकार गरेको आरोप लगाए। 

यस्तै, समाजवादी पार्टीका विद्यार्थी नेता नेत्र चापागाईंले अहिलेको लडाइँ लोकतन्त्र र लुटतन्त्रबीचको भएको बताए। 

‘जनता अघि बढिसकेका छन्, लोकतन्त्रले जित्छ’, चापागाईंले भने, ‘ओलीको लुटतन्त्रले हार्नेछ।’

 

 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments