Incident Reports

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी

2020-12-15

Karnali, Dolpa, Shey Phoksundo, Ward 4

शे फोक्सुण्डो गाउँपालिका–४ भिजेरकी ४० वर्षीया छेवाङ लामाले ०७७ मङ्सिर २० गते पतिले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिनुभएको छ ।

पतिले बिना कारण मदिरा सेवन गरेर कुटपिट गरेको भन्दै चार दिनको पैदल हिडेर सदरमुकाम दुनै पुग्नु भएकी लामाले मङ्सिर ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

कुटपिटबाट दायाँ आँखा, टाउको र बाँया खुट्टामा गहिरो चोट लागेको र गाउँकै स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेको पीडितको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु पाण्डेले आरोपित रहेको गाउँ पुग्न चार दिन लाग्ने भएकोले गिरफ्तार गर्न असम्भव भएकोले सम्बन्धित वडाका अध्यक्षलाई खवर गरिएको जानकारी दिनुभयो ।

उपल्लो डोल्पामा रहेका प्रहरी चौकीहरू जाडो बढेसँगै खाली गरिएकाले सुरक्षामा समस्या आएको शे फोक्सुण्डो–८ का अध्यक्ष निमा लामाले बताउनु भयो ।

विष्णुप्रसाद देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments