Incident Reports

भक्तपुरको रिसोर्टमा किशोरी बलात्कार, आरोपीका सहयोगी पनि पक्राउ

2020-12-16

Bagmati, Bhaktapur, Changunarayan

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित हेल्मेट डाँडामा १७ बर्षीया किशोरीमाथि बलात्कारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका इन्सपेक्टर शशिधर शर्मा नेतृत्वको टोलीले बलात्कार आरोपमा बझाङका निश्चल उपाध्यायलाई पक्राउ गरेको हो ।

चाँगुनारायण–७ स्थित ‘बाटो माथीको रिसोर्ट’मा काम गर्ने किशोरीलाई सोही रिसोर्टका वेटर तनहुँ घर भएका प्रदिप कुँवरको सहयोगमा निश्चलले बलात्कार गरेको बताइएको छ ।

बलात्कार आरोपीका सहयोगी कुँवरलाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले रातोपाटीलाई बताए ।

उमेर नपुगेकी किशोरीलाई जागिर दिने बहानामा बोलाएर अवैध काममा लगाउने गरेको सुचनाको आधारमा प्रहरीले बुधवार सो रिसोर्टमा छापा मारेको थियो । रिसोर्ट चेकजाँच गर्न गएका प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा सो रिसोर्टमा काम गर्ने अन्य दुईजनालाई पनि प्रहरीले पक्रेको छ ।

प्रहरीलाई असहयोग गरेको आरोपमा पक्राउ पर्नेमा गोरखा घर भएका अश्विन कुँवर र काभ्रेपलाञ्चोक घर भएका २१ बर्षीय प्रदिप केसी छन् । उनीहरुलाई ‘अभद्र व्यवहार गरेको कसुर’मा मुद्धा चलाइने डिएसपी गिरीले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments