Incident Reports

प्रहरीद्वारा बलात्कारको आरोपित गिरफ्तार l

2014-06-06

Province 1, Morang, Gramthan

Sukdev Chaudhary मोरङ । ०७१ जेठ २२ गते एक ११ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले जेठ २१ गते सिद्राहा गाविस-२ का ६५ वर्षीय रौदिलला मण्डललाई गिरफ्तार गरेको छ । पीडितका परिवारले जेठ २१ गते इलाका प्रहरी कार्यालय हरैंचामा उजुरीका दिएको थियो । सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान प्रकृया अघि बढाइएको डीएसपी प्रभुप्रसाद ढकालले बताए । डीएसपी ढकालका अनुसार पीडितको स्वास्थ्य परीक्षण जेठ २२ गते विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा गरिएको छ । आरोपितले बालिकालाई चकलेट र विस्कुट दिएर फकाउँदै बलात्कार गर्दै आएको आरोपमा पीडित परिवारका सदस्यहरूले प्रहरीमा बयान दिएका छन् । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis