Incident Reports

श्रीमान गाइगोठमा छिरे, सुतिरहेकी श्रीमतिको आँगनमा विभत्स हत्या

2020-12-16

Gandaki, Lamjung, Sundarbazar, Ward 4

लमजुङ । लमजुङमा ३५ वर्षिय महिलाको हत्या भएको छ । सुन्दरबजार नगरपालिका– ४, साविक– दुराडाँडा गाविस– ८ को चारघरे दुराडाँडामा ३५ वर्षिय धनमाया भुजेलको विभत्स हत्या भएको हो ।

चारघरे गाउँका ध्रुव भुजेलकी श्रीमती ३५ वर्षीया धनमाया भुजेल(मगर)को बुधबार विहान हत्या भएको अवस्थामा शब भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनका श्रीमान् ध्रुव स्थानीय सुन्दरजार नगरपालिका– ३ को दुराडाँडा स्वाँरा स्थित सुरवी गाई फर्ममा साँझ बिहान सरसफाईको काम गर्ने गर्दथे ।

बुधबार विहान पनि ५.३० बजेतिर उठेर ध्रुव गाई फर्ममा कामका लागि हिँडे । ध्रुवकै भनाई अनुसार उनी काममा जाँदा श्रीमती सुतिरहेकी थिइन् ।

गाई फर्मको काम सकेपछि ध्रुव छिमेकको धारापानी गाउँको एक घरमा दाइँ हाल्ने काममा गए । धु्रवका कान्छा भाइ राजकुमार र जेठा छोरा दाइँ हाल्नका लागि गोरु लिन ध्रुवको घर गए ।

घरको ढोका खुल्लै थियो । पिंढीदेखि आँगनसम्म रगतका टाटा थियो । भाउजु भाउजु भन्दै बोलाए । कोही नबोलेपछि वरपर खोजे ‘भाउँजुलाई नदेखेपछि छिमेकीलाई खबर गरेर दाजुलाई लिन गएको राजकुमारले बताए ।

घरमा रगतको टाटा देखिएपछि छिमेकीले प्रहरीलाई खबर गरे । दुराडाँडा प्रहरी चौकीबाट प्रहरी टोली घट्नास्थल पुग्यो मृतक महिलाको शव आँगनको डिलमा रहेको पुरानो गोवरग्याँसको ट्याँकिमा लुकाएको अवस्थामा फेला पर्यो । महिलाको घाँटीमा उनले ओड्ने गरेको पछ्यौरा कसिएको अवस्थामा थियो भने एउटा आँखा फुटेको थियो ।

पोखराबाट एक प्रहरी टोली टोलीले कुकुर सहित घट्नास्थलमा पुग्यो । कुकुरले पनि हत्यामा संलग्नको भेउ पाउन सकेको छैन ।ध्रुवका श्रीमान् श्रीमती ४ वर्षदेखि चारघरेका उदय अधिकारीको घरको रेखदेख गर्ने काम गरी बस्दै आएको छिमेकीको भनाई छ । ध्रुव वैदेशिक रोजगारीमा रहेको बेलामा तीन छोराछोरीको हेरचाह गरी बसेकी उनकी श्रीमतीले दोस्रो विवाह गरिन् । धु्रवले पनि बैदेशिक रोजगारीबाट फर्केपछि ४ वर्षअघि घनमाया मगरसँग विवाह गरे ।

ध्रुवका जेठीश्रीमतीबाट जन्मेका छोराछोरी हजुरबा आमासँग बस्दै आएका छन् । कान्छी श्रीमतीतर्फ उनीहरुको सन्तान नभएको छिमेकीहरुको भनाई छ ।

तर उनीहरुविच झगडा परेको थाहा नभएको छिमेकीको भनाई छ । मृतकको शब पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम लगिएको गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गंगाबहादुर थापाले बताए ।

‘घट्ना शंकास्पद छ, हामी अनुसन्धान गर्दैछौं ।’ थापाले भने ‘पोष्टमार्टम रिपोर्ट आएपछि केही क्लु भेटिन्छ ।’ गत वर्षको माघ ११ गते पनि लमजुङकै सुन्दरबजार नगरपालिका– ७ को पाउँदी बजारमा ६० वर्षीया महिलाको रहस्यमय हत्या भएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments