Incident Reports

घरेलु हिंसा गरेको आरोपमा उजुरी l

2014-06-05

Province 1, Morang, Biratnagar

Sukdev Chaudhary मोरङ । ०७१ जेठ २२ गते विराटनगर उमनपा-११ की २६ वर्षीया सोफिया खातुनलाई पतिले कुटपिट गरी खान लगाउन नदिइ घरेलु हिंसा गरेको आरोप लगाउँदै पीडितले जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पति ३० वर्षीय मुन्ना मियाँले जेठ २० गते घरायसी विवाद निकाल्दै खान नदिइ छोराछोरीलाई समेत शिक्षाबाट वञ्चित गराएको भन्दै प्रहरीमा पीडितले दिएको उजुरी उल्लेख गरिएको छ । पीडितको उजुरी जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्रले घरेलु हिंसाअन्तर्गत मुद्दा दर्ता गरेको इन्स्पेक्टर जमुना बस्नेतले बताइन् । घटनामा संलग्न आरोपितलाई प्रहरीमा उपस्थितिका लागि पत्राचारसमेत भई सकेको इन्स्पेक्टर बस्नेतको भनाइ छ । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis