Incident Reports

विप्लव नेकपाको बन्दले गण्डकीका चार जिल्लामा आंशिक प्रभाव

2020-12-18

म्याग्दी- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित  नेकपाले गण्डकी प्रदेशका चार जिल्लामा गरेको बन्दको आंशिक प्रभाव परेको छ ।

पार्टीका म्याग्दी नेता गजेन्द्र पुन ‘जगत’को शङ्कास्पद मृत्यु भएको भन्दै विप्लव नेकपाले आज पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा बन्द आह्वान गरेको छ।

म्याग्दीको मालिका गाउँपालिका–३ अदिभारा घर भएका पुनलाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । उनको मङ्सिर २९ गते मृत्यु भएको थियो।

पर्वत जेल प्रशासनले पुनको स्वास्थ्यप्रति गम्भीर खेलबाड गरेको तथा उपचारमा लापरबाही गरेको आरोप लगाउँदै आज बन्द गरेको हो । बन्दका कारण ती क्षेत्रमा फाट्टफुट्ट मात्रै सवारी साधन सञ्चालन भएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments