Incident Reports

कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

2020-12-13

Gandaki, Baglung, Badigad

बडिगाड गाउँपालिका–२ की ३६ वर्षीया महिलालाई कथित बोक्सी भन्दै निर्घात कुटपिट गर्ने पाँच जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले सोही ठाउँका ३८ वर्षीय तेजबहादुर राना, २६ वर्षीय विजय राना, ३१ वर्षीय पूर्ण बहादुर राना सहित २८ र १९ वर्षीया दुई महिलालाई पुस १ गते  गिरफ्तार गरेको छ ।

पीडित महिलालाई मङ्सिर २८ गते मुखमा टेप बाधि कथित बोक्सी भनि आरोप लगाएर कुटपिट गरेको, मानसिक यातना दिएको भन्दै पीडितले आरोपितहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा पुस १ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर लोकेन्द्र श्रेष्ठले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

उहाँले पीडितको स्वास्थ्य परीक्षण धौलागिरी अस्पताल बागलुङमा गरिएको र परीक्षणमा महिलाको घाँटी, गाला र शरिरका विभिन्न अङ्गहरुमा चोट लागेको पाइएको बताउनुभयो  ।

आरोपितले पीडित महिलालाई नियोजित रुपमा लामो समय देखि पटक–पटक मानसिक यातना हुने गरी कथित बोक्सी भनेर आरोप लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा  खुलेको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिनुभयो ।

बोक्सीको आरोप (कसुर सजाय) ऐन २०७२ अनुसार बोक्सीको आरोप लगाउने, कुटपिट गर्ने, मानसिक यातना दिने व्यक्तिलाई पाचँ वर्ष देखि आठ वर्ष सम्म कैद र ५० हजार देखि १ लाख रुपियाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

सिर्जना पन्त

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Severely damaged Vehicles 00
INSEC

0 Comments