Incident Reports

संसद् विघटनको सिफारिस असंवैधानिक भएकाे भन्दै बारामा युवाहरूको प्रदर्शन

2020-12-20

Madhes, Bara, Kalaiya

बारा - प्रधामन्त्री केपी शर्मा ओलीकाे संसद् विघटन सिफारिस असंवैधानिक भएकाे भन्दै बाराकाे कलैयामा राजनीतिक दलसम्बद्ध युवाहरूले टायर बालेर प्रदर्शन गरेका छन् ।

नेकपा, कांग्रेसलगायत जनता समाजवादी पार्टीसम्बद्ध युवाहरूले उक्त कदम असंवैधानिक भएकाे भन्दै राष्ट्रपतिलाई स्वीकृत नगर्न माग गरेका छन् ।

प्रधानमन्त्री ओलीकाे उक्त कदमप्रति जिल्लामा सर्वत्र विराेध भइरहेकाे छ । लाेकतान्त्रिक व्यवस्था नै धरापमा पार्ने प्रधानमन्त्रीकाे संसद् विघटनको प्रस्ताव फिर्ता लिनुपर्ने उनीहरूले माग गरेका छन् ।

प्रदर्शन राेक्न सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएकाे छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments