2020-12-20
Bagmati, Makawanpur, Hetauda
मकवानपुर — आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संसद् विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको विरुद्धमा हेटौंडामा विरोध प्रदर्शन गरिएको छ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले हेटौंडामा विरोध प्रदर्शन गरेको हो । कांग्रेस कार्यालयबाट सुरु भएका विरोध र्याली हेटौंडा बजार परिक्रमा गर्दै सीमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेविसंघका महामन्त्री प्रभातकुमार दाहालले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गलत कदम चालेकोभन्दै तत्काल संसद विघटन गर्ने प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीले देशमा अस्थिरता निम्त्याउने काम गरे । यो गलत हो,’ उनले भने । यस कदमको विरुद्ध कांग्रेस अझै सशक्त आन्दोलन गर्ने उनले बताए ।
नेपाल विद्यार्थी संघ मकवानपुर अध्यक्ष राजु खतिवडाले संसद् विघटन गरेर वर्तमान सरकार ‘कू’ को बाटोतर्फ अग्रसर भएको भन्दै यो गलत कदमको विरुद्ध सबैलाई लाग्न आग्रह गरे ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Contestation over Constitution and federal restructuring |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Nepali Congress and affiliated org |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |