Incident Reports

संसद विघटनका विरुद्ध सुर्खेतमा पनि प्रदर्शन

2020-12-20

Karnali, Surkhet, Birendranagar

प्रतिनिधि सभा विघटनको विरुद्धमा सुर्खेतमा पनि विरोध प्रदर्शन गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध जनवर्गीय संगठनहरुले सुर्खेतको वीरेन्द्रनगरमा आइतबार विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिनिधि सभा विघटन गर्नु प्रधानमन्त्री केपी शार्मा ओलीको अवैधानिक, अलोकतान्त्रिक र निरंकुशता भएको भन्दै संगठनहरुले विरोध जनाएका हुन् ।

विरोध प्रदर्शनका क्रममा ‘गणतन्त्र विरोधी हर्कतको प्रतिवाद गरौं’, ‘संसद विघटन खारेज गरौं’, ‘तानाशाह मुर्दावाद’, ‘खड्ग ओलीको प्रतिवादी कदम मुर्दावाद’, ‘नालायक केपी ओली मुर्दावाद’ जस्ता नारा लगाईएको छ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments