Incident Reports

नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

2020-12-21

Bagmati, Kathmandu, Kathmandu

सरकारले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेसलगायत अधिकांश दलका नेता कार्यकर्ता सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्।

प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदम चालेको भन्दै नेविसंघका नेताहरूले राजधानीको आरआर क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्दा जलाएका छन्।

यसअघि नेकपाका जनवर्गीय संगठनका कार्यकर्ताहरुले आइतबार दिउँसो काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले सरकार विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले ‘गैह्र संवैधानिक कदम खारेज गर’, ‘संसद विघटन जनमतको धोका हो’, ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’ लगायत लेखिएका ब्यानर र प्लेकार्ड लिएर नारबाजी गरेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी छन्।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments