Incident Reports

धनगढीमा ओली पक्षकाद्वारा पार्टी प्यालेसमा भेला, प्रचण्ड-माधव पक्षकाद्वारा सडकमा प्रदर्शन

2020-12-21

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी-राष्ट्रपतिले संसद विघटनको घोषणा गरेपछि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा नेकपाका छुट्टा छुट्टै भेला तथा विरोध प्रदर्शन भएका छन्।

राष्ट्रिय युवा संघको ब्यानरमा केपी ओली पक्षधरले धनगढीको ओम प्यालेसमा पार्टी एकताको पक्षमा दवाव मुलम कार्यक्रम भन्दै भेला आयोजना गरेका छन् भने माधब-प्रचण्ड पक्षका युवाहरुले धनगढी बजारमा केपी ओली बिरुद्ध नाराबाजी सहित प्रर्दशन गरिरहेका छन्।

तत्कालिन युवा संघका केन्द्रिय सदस्य मदन रेग्मीको अध्यक्षतामा भएको केपी ओली गुटको भेलामा नेकपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापा तथा राष्ट्रिय वुवा संघका वर्तमान सह-संयोजक रमेश पौडेल लगायतको सहभागिता रहेको छ।

भेलामा संघिय सांसद निरुदेबी पाल, नरबहादुर धामी, नारदमुनी राना लगायतको सहभागिता रहेको छ । उनीहरु खुलेरै केपी ओलीको पक्षमा आफ्नो बिचार राखिरहेका छन्। भेला जारी छ।

नेकपाकै अर्को गुट प्रचण्ड माधव नेपाल पक्षका युवाहरु सडकमा उत्रेका छन्। संसद विघटनको विरुद्ध नारावाजी गर्दै उनिहरुले केपि ओली मुर्दावाद, पार्टी एकता जिन्दावाद, केपि तेरो पाराले दुःख पायो साराले भन्दै धनगढी बजार क्षेत्रमा नारावाजी गरिरहेका छन्।

र्‍यालीमा युवा संघका केन्द्रिय सदस्य दिपक सिंह, प्रकाश रोकाया, अनेरास्वीयुका केन्द्रिय सदस्य युवराज कुँवर लगायतको सहभागिता रहेको छ। दुवै पक्षको अलग-अलग कार्यक्रम भएपछि प्रदेश राजधानी धनगढीको सुरक्षा व्‍यवस्था कडा पारिएको छ । बजारका चोक चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments