Incident Reports

संसद विघटनविरुद्ध जुम्लामा प्रदर्शन

2020-12-21

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसको विरोधमा जुम्लामा विरोध प्रर्दशन गरिएको छ। जुम्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका माधव नेपाल र प्रचण्ड निकट नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन्। नेकपा पार्टी कार्यालयबाट निकालिएको प्रदर्शन बजार परिक्रमा गरेर बालमन्दिर नजिकै आएर कोण सभामा परिणत भएको थियो।

प्रधानमन्त्री र राष्ट्रपतिको राष्ट्रघाति कदम खारेज गर, केपी नेतृत्वको सरकार मुर्दाबाद जस्ता नारा लगाइएको थियो। कोण सभामा बोल्दै नेकपा कर्णाली प्रदेश सदस्य नवराज न्यौपानेले बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए।

वर्तमान सरकारको असंवैधानिक कदमका कारण हामी बाध्य भएर सडकमा आएका छौँ। देश स्थायित्वमा गइरहेको बेला आकस्मिक रूपमा चालिएको यो कदमले संघीयता माथि प्रहार भयो। नेता न्यौपानेले भने,‘ वर्तमान केपी ओलीले संसद विघटन गरेर संघीयता माथि लात हान्नु भयो।। यो लातको सचेतता पुर्वक बदला लिनेछौँ। प्रतिरोध गर्नेछौँ। जहिले पनि अन्याय र अत्याचारको विरोधमा लडिरहन्छौँ।’

उनले नेकपा विभाजन नभएको भन्दै असंवैधानिक कदमको विरोधमा लाग्न अपिल गरे। उनी भन्छन्, ‘पार्टी टुक्रेको छैन्। नेकपा जीवित रहन्छ। फेरी पनि बिजय हासिल गर्छ। तर संघीयता विरोधी तत्व संग लड्न तयार छौँ। यो लडाई अन्तिम सम्म जारी नै रहन्छ। पश्चागामी तत्वले संसद विघटन गरे। सचेतना पुर्वक देशको रक्षा गर्न संघीयताको रक्षा गर्न तत्तपर छौँ।’

युवा संघका केन्द्रीय सदस्य आदी प्रसाद न्यौपानेले प्रधानमन्त्रीले जनताले दिएको अभिमतको घाँटी निमोठको प्रतिक्रिया दिए। प्रधानमन्त्रीले गरेको कदमसंघीयता माथिको धावा हो। जनताको जनतमतको कुठाराघात हो। नेकपा जिल्ला समिति जुम्ला सरकारको असंवैधानिक कार्यको खुलेर विरोध गर्न चाहान्छौँ। नेता न्यौपानेले भने,‘ राष्टपतिले संसद विघटन गरेर चुनावी मिति तोकेको प्रतिे प्रति आपत्ती प्रकट गर्दछौँ।’   

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments